मकवानपुरमा कोरोना संक्रमितको संख्या १५ सय १५

हेटौडा न्युज
२१ आश्विन २०७७, बुधबार १३:३५
;

मकवानपुर । मकवानपुरमा हालसम्म १५ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ सय ५९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानुरका अनुसार हाल सम्म १५ सय १५ जनामा संक्रमण देखिएको र १३ सय ५९ जना कोरोना मुक्त भएको जनाएको हो ।

अहिले संस्थागत आइसोलेसन र हो आइसोलेसन बस्नेको संख्या १ सय ३० जना रहेका छन् । जसमध्ये होम आइसोलेसनमा ९३ र संस्थागत आइसोलेसनमा ३९ जना संक्रमित उपचाररत रहेको छन् ।

जिल्लामा हालसम्म कोरोनाको कारण १५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*