सिन्धुली अस्पतालको सेवा अनिश्चितका लागि बन्द

सिन्धुली । सिन्धुली अस्पतालको आकस्मिक र प्रसुतिबाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण देखिए पछि अस्पतालका आकस्मिक र प्रसूतिबाहेकका सेवा अनिश्चित काललाई बन्द गरिएको हो ।
स्वास्थ्यकर्मीहरु नै संक्रमित भएपछि बुधबारबाट अस्पतालका अस्पतालका आकस्मिक र प्रसूतिबाहेकका सेवा अनिश्चित काललाई बन्द गरिएको अस्पतालका व्यवस्थापन जनाएको छ ।
यसअघि सिन्धुली अस्पतालमा कार्यरत ९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यीमध्ये सात जना निको भइसकेका छन् भने दुई जना आइसोलेसनमा छन् ।
मंगलबार जिल्लामा सबैभन्दा बढी ९ महिला र १८ पुरुष गरी २७ जनामा संक्रमण पुष्टि भएको थियो । सिन्धुलीमा हालसम्म १ सय ४ पुरुष र २९ महिला गरी १ सय ३३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भइसकेको छ ।
१९ महिला र ३३ पुरुष गरी ५२ आइसोलेसनमा छन् । ७७ जना कोरोना निको भएर घर फर्किएका छन् ।