कोरोनाका कारण नेपालमा थप १५ जनाको मृत्यु
काठमाडौँ । कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर १५ जनाको मृत्यु भएको जनाएको हो ।
मृत्यु हुनेमा ५ जना महिला र १० जना पुरुष रहेका छन् । मृत्यु भएका १५ जना मध्ये ६ जना काठमाडौंका रहेका छन् ।
मृत्यु हुनेमा सिराहाकी ५० वर्षीया, रौतहटका ७२ वर्षीया, काठमाडौंका ६६ वर्षीया र ७२ वर्षीया र दाङकी ७१ वर्षीया महिला रहेका छन् ।
त्यस्तै मोरङका ४० वर्षीय र ६० वर्षीय, ललितपुरका ४६ वर्षीय, चितवनका ६१ वर्षीय, रुपन्देहीका ५५ वर्षीय, नवलपरासीका ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ५ सय ७८ पुगेको छ ।










