मलापोत कार्यालय मकवानपुरको सेवा बन्द

मकवानपुर । मलापोत कार्यालय मकवानपुरले आजबाट आफ्नो सेवा बन्द गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ४ दिनका लागि कार्यालयले सेवा बन्द गरेको हो ।
कार्यालयले एक सुचना जारी गदै आगामी असोज २८ गते सम्म सेवा बन्द रहने जनाएको छ ।
कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएकोले संक्रमणको जोखिम नियन्त्रणका लागि कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको जनाइएको छ।