मनहरी गाउँपालिका ५ दिनका लागि बन्द
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो सेवा बन्द गरेको छ । गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिए पछि गाउँपालिकाले आफ्नो सेवा ५ दिनका लागि बन्द गरेको हो ।
गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै असोज २५ गतेदेखि गतेदेखि ३० गतेसम्म गाउँपालिकाको सेवा बन्द रहने जनाएको छ ।
असोज २२ गते लिइएको स्वाबको नतीजामा गाउँपालिकामा कार्यरत केहि कर्मचारीसहित स्थानीय व्यक्तिहरुमा कोरोना संक्मण देखिएपछि कार्यालयबाट प्रदान गरिदै आएको सम्पुर्ण सेवा बन्द गरिएको हो ।
कोरोना संक्मणको जोखिम न्युनिकरण र कार्यालय परिसर डिस्इन्फेक्सन गनुपर्ने भएकोले कार्यालयको सेवा बन्द गरिएको गाउपालिकाकले जारी गरेको सुचनामा उल्येख गरिएको छ ।











