मकवानपुरमा थप ४२ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२६ आश्विन २०७७, सोमबार ०९:३३
;

मकवानपुर । मकवानपुरमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा थप ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

संकमण पुष्टि हुनेमा १७ जना महिला र २५ जना पुरुष रहेका छन् ।

असोज २३ गते संकलन गरिएको १ सय २० जनाको स्वाबको नमुना परीक्षणमा ४२ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा २९ जना हेटौंडा उपमहानगरपालिकाका र १३ जना बागमती गाउँपालिकाका रहेका छन् ।

हेनूहोस् पूरा विवरण 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*