जिल्ला प्रशासन कार्यालय मकवानपुरको सेवा बन्द

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकोले कार्यालयको अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिएको हो ।
कार्यालयबाट प्रदान हुँदै आएको अत्यावश्यक सेवा बाहेक सबै सेवा असोज २८ गतेदेखि आगामी कात्तिक १ गतेसम्म बन्द भएको हो ।
कार्यालयले एक सूचना जारी गर्दै कार्यालयका अन्य कर्मचारी र सेवाग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै सेवा बन्द गरिएको जनाएको छ ।
जारी गरिएको सूचना अनुसार कार्यालयबाट हुने शान्तिसुरक्षा, मुद्दा, विपद् व्यवस्थापनलगायत अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।