हेटौंडा-८ बाट नगदसहित ६ जुवाडे पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । हेटौंडा–८ बाट प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोली बिहिबार हेटौंडा–८ कमानेस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार पक्राउ पर्नेहरुमा हेटौंडा–८ बस्ने ३४ वर्षीय लक्ष्मण लामा, सोही ठाउँका ३८ वर्षीय निर्मल लामा, हेटौंडा–११ थानाभर्याङ बस्ने २८ वर्षीय कमल तामाङ, हेटौंडा–४ बस्ने ४० वर्षीय विष्णु घिमिरे, हेटौंडा–२ बस्ने ३८ वर्षीय अविनाश पराजुली र हेटौंडा–५ बस्ने ३३ वर्षीय रमेश लामा रहेका छन् ।
प्रहरीले विशेष सूचनाको आधारमा उनीहरुलाइै पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई २ बुक तास र नगद ६१ हजार ७ सय ६० रुपैयाँसहित नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता रानाले जानकारी दिए ।










