मकवानपुरमा थप १ सय १४ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा ५७ जना महिला र ५७ जना पुरुष रहेका छन् । असोज २८ गते संकलन गरिएको स्वाबको नमुना परीक्षण गर्दा मकवानपुरमा थप १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका ९३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी संक्रमण पुष्टि हुनेहरुमा मनहरी गाउँपालिकाका ८ जना, भीमफेदीका २ जना, बागमतीका १ जना, बकैयाका २ जना, मकवानपुरगढीका ३ जना र अन्य बाहिरी जिल्लाका रहेका छन् ।
हेर्नुहोस् पुरा विवरण:











