हेटौंडाका थप १ सय १० जनामा कोरोना पुष्टि

मकवानपुर । हेटौंडाका थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
असोज २९ गते संकलन गरिएको स्वाबको नमुना परिक्षण गर्दा हेटौंडाका थप १सय १० जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै मनहरी गाउँपालिकाका ६ जना, भीमफेदीका १ जना राक्सिरांगका १ जना र मकवानपुरगढीका २ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
संक्रमण पुष्टि हुनेमा ४९ महिला र ७१ पुरुष रहेका छन् । २ सय १८ जनाको स्वाबको नमुना परिक्षमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
हेर्नुहोस् विवरणः