हेटौंडा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना

हेटौडा न्युज
२ कार्तिक २०७७, आईतवार १३:०९
;

मकवानपुर । हेटौंडामा चाडपर्वलाई लक्षित गरी नागरिक सहायता कक्ष स्थापना गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर, ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा–१० बसपार्कसंगको सहकार्यमा चार्डपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना गरेको हो ।

हेटौँडा–१० का वडाध्यक्ष किताब सिंह लामा र मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले संयुक्त रुपमा बसपार्कमा रहेको सामुदायिक प्रहरी सेवा उप केन्द्रको कार्यालयमा यात्रु तथा नागरिक सहायता कक्षको उदघाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले यात्रुहरुको चाप बढेसँगै र यो संकटको अवस्थामा यात्रुहरु ठगिमा नपरुन भन्ने उद्धेश्यले यात्रुहरुको सुरक्षा, सुविधा र सहजिकरणका लागि सामुदायिक प्रहरी सेवा उप केन्द्रको सहकार्यमा आजदेखि नागरिक सहायता कक्षा स्थापना गरिएको बताए ।

नागरिक सहयता कक्ष स्थापना हुदा नागरिकले ठगिनु नपर्ने र नागरिकले ठगिनु परे कक्षमा रहेका प्रहरीलाई आएर समस्या राख्न वडाध्यक्ष लामा आग्रह गरे ।

सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा–१० बसपार्कका अध्यक्ष प्रदिप कंडेलको सभाध्यक्षता भएको कार्यक्रममा सामुदयिक प्रहरी सेवा केन्द्र हेटौडा ११ का अध्यक्ष शालिकराम पुडासैनी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठक लगायतकाको उपसिथती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*