मकवानपुर उद्योग वाणिज्य संघद्वारा १ सय परिवारलाई राहत वितरण

हेटौडा न्युज
३ कार्तिक २०७७, सोमबार १३:५७
;

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले आइतबार १ सय परिवारलाई राहत वितरण गरेको छ ।

राहत वितरणको दोस्रो दिन आइतबार १ सय परिवारलाई राहत वितरण गरिएको संघका उपाध्यक्ष तथा राहत वितरण कार्यक्रमका संयोजक कृष्ण कुमार गुप्ताले जानकारी दिएका छन् । राहत वितरणको पहिलो दिन कात्तिक १ गते संघले १ सय १ जनालाई राहत सामग्री वितरण गरिएको संयोजक गुप्ताले बताए ।

संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालको प्रमुख आतिथ्यतामा राहत वितरण कार्य सम्पन्न भएको थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट कार्य समिति सदस्य कृष्ण ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*