मकवानपुरमा थप ७१ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
४ कार्तिक २०७७, मंगलवार ११:५८
;

मकवानपुर । मकवानपुरमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा २७ जना महिला, ४३ जना पुरुष र एकजना तेस्रोलिंगी रहेका छन् ।

गत कार्तिक २ गते संकलन गरिएको १ सय ४७ जनाको स्वाबको नमुना परिक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको हो ।

हेर्नुहोस् पूरा विवरण:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*