लागुऔषधसहित हेटौंडाका ५ जना पक्राउ

हेटौडा न्युज
६ कार्तिक २०७७, बिहीबार ०६:५७
;

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाका ५ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरले मंगलबार राति लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा -१५ चुरिया र रातोमाटेबाट उनिहरुलाई पक्राउ गरेको हो।

मंगलबार राति विरगंज तर्फबाट हेटौँडा तर्फ आउँदै गरेको ना २५ प ६९५७ नम्बरको मोटरसाइकलमा सवार २ जना मोटरसाइकल चालक हेटौँडा-३ का ३९ वर्षीय दिनेश भण्डारी र हेटौँडा ११ का ४० बर्षीय सिताराम लामिछानेको साथबाट २ सय ७५ पिस नाइट्रोभेट फेला परेपछि उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा ९५ पिस नाइट्रोभेट सहित हेटौँडा-१७ हटियामा २७ बर्षीय दिपेश भुजेल, त्यसैगरी १३ एम्फुल डाइजोपाम,१६ एम्फुल फेनारगन,१५ एम्फुल नुरफिन सहित हेटौँडा-१० राप्तिरोडका २६ बर्षीय एलिस श्रेष्ठ र ७५ एम्फुल नाइट्रोभेट सहित हेटौँडा-६ की २३ बर्षीया नम्रता चौलागाईं रहेका छन् ।

प्रहरीलाई देखेर भाग्न खोज्दा उनिहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनिहरुको साथबाट लागुऔषध बरामद गरिएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*