८० परिवारलाई दशैं राहत सामग्री वितरण

हेटौडा न्युज
६ कार्तिक २०७७, बिहीबार ०७:१६
;

मकवानपुर । मकवानपुर उद्योग वाणिाज्य संघले राहत वितरण कार्य जारी राखेको छ । संघले बुधबार ८० जना विपन्न परिवारलाई दशैं राहत सामग्री वितरण गरेको छ ।

संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता र संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीको प्रमुख आतिथ्यतामा राहत सामग्री वितरण गरिएको थियो ।

प्रमुख अतिथि सुमार्गीले मकवानपुर उद्योग वाणिज्य संघले आपतकालिन अवस्थाहरुमा अग्रणी भूमिका खेल्दै आएको र त्यसैको निरन्तरताको रुपमा यो कोरोनाको अवधिमा गरेको थुप्रै कार्यहरु मध्ये विपन्नलाई राहत सामग्री वितरण कार्यक्रम एक रहेको बताए ।

कार्यक्रममा महासचिव प्रमोदसिंह रानाभाट हेटौंडा–११ का वडा सदस्य जुनु दहाल प्याकुरेल, कार्यक्रम संयोजक कृष्ण कुमार गुप्ता र सचिव सन्तोष कुमार अर्यालको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*