हेटौंडा-१९ डुमारेमा एक घरमा आगलागी
मकवानपुर । हेटौंडाको डुमारेमा विद्युत सर्ट हुँदा एक घरमा आगलागी भएको छ । हेटौंडा-१९ डुमारेमा विद्युत सर्ट भइ शुक्रबार राति एक घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विद्युत सर्ट भइ आगलागी हुँदा स्थानीय खड्गबहादुर पुडासैनीको २ तल्ले घर, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।आगलागीका कारण करिब १५ लाख रूपैयाँको क्षति भएको प्रहरीको अनुमान छ ।
हेटौंडा उपमहानगरपालिकाको बारुणयन्त्र, ईलाका प्रहरी कार्यालय नेवारपानी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।










