हाते ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौडा न्युज
१५ कार्तिक २०७७, शनिबार १३:०८
;

भक्तपुर । भक्तपुरमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार भक्तपुरको सूर्यविनायक नगरपालिका–८, दार्जिलिङ हाईटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय कृष्णराम सुवाल रहेको प्रहरीले जानकारी दिएको छ ।

ट्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउँदा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ट्याक्टर चालक सोही ट्याक्टरसहित पल्टदै जाँदा ट्याक्टरको फालीले घाँटी लगायतको भागमा गम्भीर चोट लागेर घाइते भएका सुवालको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*