हेटौंडा–१२ आपधापबाट ८ जुवाडे पक्राउ

मकवानपुर । नगद रकमसहित हेटौंडा–१२ आपधापबाट प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले स्थानिय प्रविना घलानको घरमा जुवा खेल्दै गरेको अवस्थामा नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।
गएराति विशेष सूचनाको आधारमा प्रहरीले १६ वटा कौडा, ९ थान मोबाइल र १ लाख ३० हजार ८ सय ४० रुपैयाँ नगदसहित ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडा र मनहरी गाउँपालिका २८ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् ।
पक्राउ परेका उपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।