पुर्व राज्यमन्त्री राय जुवाखालबाट पक्राउ

हेटौडा न्युज
१६ कार्तिक २०७७, आईतवार ११:१७
;

काठमाडौँ । जुवा खेल्दै गरेको अवस्थामा काठमाडौँको स्वयम्भुबाट पुर्व राज्यमन्त्री पक्राउ परेका छन् । प्रहरीले नगदसहित जुवाको खालबाट पुर्व राज्यमन्त्री खोभारी रायलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले पुर्व राज्यमन्त्री रायसहित १० जनालाई नगद १ लाख ५३ हजार सहित पक्राउ गरेको हो ।

२०५२ सालमा शेरबहादुर देउवा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा राज्यमन्त्री भएका थिए । २०६४ को संविधान सभाको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका उनी २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

विवादित छविका खोभारी राय त्यसयता राजनीतिमा निष्कृय छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*