चितवनको पिप्लेबाट ६ जना बालश्रमिकको उद्दार

हेटौडा न्युज
१८ कार्तिक २०७७, मंगलवार १६:०४
;

मकवानपुर । चितवनको पिप्लेबाट ६ जना बालश्रमिकको उद्दार गरिएको छ । इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले चितवनको राप्ती नगरपालिका–१, पिप्लेका विभिन्न होटलमा श्रममा लगाइएका ६ जना बालबालिकाको उद्दार गरिएको हो ।

प्रहरीले सो क्षेत्रमा संचालनमा रहेको लोकप्रिय होटल, सोनु होटल र कायल होटलबाट श्रम गर्दै गरेको अवस्थामा ४ बालिका र २ बालकलाई उद्दार गरिएको जनाइएको छ ।

उद्दार गरिएका बालबालिका मकवानपुरको राक्सिराङ गाउँपालिका–९, खैराङका हुन् । बालबालिका श्रममा प्रयोग गर्न लैजाने राक्सिराङ गाउँपालिका–९, खैराङका मञ्जील प्रजालाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

१३, १४ र १५ वर्षका बालबालिकालाई उद्दार गरी अभिभावकको जिम्मा लगाइएको छ ।

सो घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*