हेटौंडाबाट १० लाख घुस रकमसहित इन्जिनियर पक्राउ

हेटौडा न्युज
२० कार्तिक २०७७, बिहीबार १५:१४
;

मकवानपुर । घुस रकमसहित हेटौंडाबाट एक इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले घुस लिदा लिदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरी प्रसाद जैसवाललाई प्रक्राउ गरेको हो ।

हेटौंडा–१० बसपार्क मेगा होटलबाट १० लाख घुस रकमसहित नवौं तहका इन्जिनियर जैसवाललाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

जैसवाल ठेकेदारसंग घुस रकम लिदै गरेका अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेका इन्जिनियर जैसवाललाई आवश्यक अनुसन्धानका लागि अख्तियारको केनिदय कार्यालय टंगाल पठाउने तयारी भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*