परेवा भीर सडकको कार्यसूचि पारित
मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरले राक्सिराङ गाउँपालिकाको परेवा भीरको सडकको कार्यसूचि पारित गरेको छ । जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ६८ औं बोर्ड बैठकले पछिल्लो समय चर्चामा आएको परेवा भीरको ग्रामीण सडकको कार्यसूची पारित गरेको हो ।
सो सडकको विषयको अभिव्क्तिका कारण बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसमेत विवादमा तानियका थिए । मकवानपुरको बिकट गाउँपालिकाको सो सडकको विषयमा मुख्यमन्त्री पौडेलको अभिव्यक्तिका कारण उनी विरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने वा राजीनामा माग्ने विषयसमेतको चर्चा चलेको थियो ।
समितिको बैठकले राक्सिराङको बोटबारी–परेवाभीर–रतुवा–डोलघारी सडकको कार्यसूची पारित हो ।
वर्षामा खोलाको बाटो अवरुद्ध भएपछि प्राकृतिक भीरका चट्टान समातेर ज्यान जोखिममा पारेर हिँड्नु पर्ने बाध्यता रहदै आएको छ ।










