भिमफेदीको कोगटे महाभिर सडकको कार्यसूचि पारित

हेटौडा न्युज
२० कार्तिक २०७७, बिहीबार १६:२३
;

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरले भिमफेदीको कोगटे महाभिर सडकको कार्यसूचि पारित गरेको छ । बुधबार बसेको जिल्ला समन्वय समिति मकवानपुरको ६८ औं बोर्ड बैठकले सो सडकको कार्यसूचि पारित गरेको हो ।

जिसस प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जिल्ला समन्वय अधिकारीको संयोजक्त्वमा रहेको संक्षिप्त वातावरणिय अध्यन प्राविधिक उपसमितिबाट छानविन भई बोर्डमा सिफारीस साथ आएको भिमफेदी गाउँपालिका स्थित कोगटे महाभिर सडकको कार्य सुचि पारित गर्ने निर्णय गरेको प्रमुख खुलालले जनाएका छन् ।

त्यस्तै बैठकले एउटा भवनको संक्षिप्त वातावरणिय अध्यन प्रतिवेदन (आईई) स्वीकृत गरेको छ ।

हेटौंडा–१० स्थित बस पार्कमा निर्माण हुन लागेको बस टर्मिनल अन्तर्गतको भवन निर्माणको लागि उपसमितिबाट पेश भई आएको संक्षिप्त वातावरणिय अध्यन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*