मकवानपुरगढी गाउँपालिकाको छैठौँ गाउँसभाबाट ४ वटा ऐन पारित

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले ४ वटा स्थानीय ऐन पारित गरेको छ । शुक्रबार भएको गाउँपालिकाको छैठौँ गाउँसभाबाट ४ वटा ऐन पारित गरको हो ।
सभाले प्राकृति स्रोत संरक्षण सम्बन्धी ऐन, सार्वजनिक निजी साझेदारी ऐन, बालबालिका हित संरक्षण सम्बन्धी ऐन र संघ÷संस्था दर्ता सम्बन्धी ऐन पारित गरिएको गाउापालिकाकले जनाएको छ ।
पारित गरिएका ऐनहरु जनताको प्रतिक्रिया, जिज्ञासा र सुझावका आधारमा १५ दिनभित्र प्रमाणिकरण गरिने छ ।
त्यस्तै गाउँसभाबाट शिक्षा सम्बन्धी ऐनको संसोधन पनि गरिएको छ ।
पारित गरिएका ऐनलाई जनताको सुझावको आधारमा संसोधन गर्न सकिने गाउँपालिका अध्यक्ष विदुर हुमागाईले जनाएका छन् ।
शुक्रबारबाट सुरु भएको गाउँसभा फागुनसम्म चल्ने गाउँपालिकाले जनाएको छ ।