मकवानपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
२२ कार्तिक २०७७, शनिबार ११:१५
;

मकवानपर । मकवानपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार, कार्तिक २१ गते संकलन गरिएको स्वाबको उक्त प्रयोगशालामा परीक्षण गर्दा १३ महिला र १८ पुरुष गरी मकवानपुरमा ३१ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । हेटौंडाका ११ महिला र १६ पुरुष गरी २७ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी संक्रमण देखिनेमा मकवानपुरगढी गाउँपालिकाका २ जना, बागमती गाउँपालिकाका एक पुरुष र बाहिरी जिल्ला (रौतहट) का एक जना पुरुष रहेका छन् ।

हेर्नुहोस् विवरण ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*