वाइवाको हत्या गरि भागेका बकैयाका भोलन पक्राउ

हेटौडा न्युज
२३ कार्तिक २०७७, आईतवार ०८:१०
;

मकवानपुर । मकवानपुरको बकैयाका विकास वाइवाको हत्या गरी फरार रहेका स्थानिय भीमराज भोलन पक्राउ परेका छन।
प्रहरीले भोलनलाई मकवानपुर र ललितपुरको सिमा क्षेत्रबाट पक्राउ गरिएको जनाएको हो ।

बकैया गाउँपालिका-४ मा शुक्रबार दिउँसो खुकुरी प्रहार गरि वाइवाको हत्या गरि भोलन फरार रहेका थिए ।

उनको खोजी कार्यमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौर सहितको टोली लागिपरेको  थियो।

प्रहरीले हत्या गरी फरार रहेका उनलाई २४ घण्टा भित्र  पक्राउ गर्न सफल भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*