आपसी विवादका कारण बकैयाका वाइवाको हत्या

हेटौडा न्युज
२३ कार्तिक २०७७, आईतवार १०:१३
;

मकवानपुर । मकवानपुरको बकैयाका विकास वाइवाको हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बकैया गाउँपालिका–४ नयाँदमारका बर्ष २० का वाइवालाई खुकुरी प्रहार गरी हत्या गर्ने एक जनालाई सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न सोही स्थान बस्ने बर्ष २० को शंखर भनिने भीमराज भोलनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
शुक्रवार दिउँसो ३ः३० बजे बकैया गाउँपालिका–४ स्थित सिमात खोलाको बगर नयाँदमारमा रहेको फुटवल चौरमा बसेर चुरोट खाइरहेको अवस्थामा विवाद भएपछि भोलनले साथमा बोकेको खुकुरी प्रहार गरी वाइवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुसिल सिं राठोरले जानकारी दिए ।

वाइवाको हत्या पश्चात भोलन फरार रहेका थिए । प्रहरीले फरार रहेका भोलनको हुलिया र फोटो पत्राचार गरी खोजतलास गरिरहेको थियो ।

हिजो शनिवार विहान ५ बजे ललितपुर जिल्ला बागमती गाउँपालिका वडा नम्वर २ माल्टाका स्थानीयहरुले भोलनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय ठिंगन र प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको टोलीले भोलनलाई नियन्त्रणमा लिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*