मकवानपुरमा थप ३९ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३१ जना, भिमफेदी गाउँपालिकाका २ र थाहा नगरपालिकाका ६ जना रहेका छन् ।
आज संक्रमित मध्ये ११ महिला १८ पुरुष रहेका छन् । १ सय ५३ जनाको स्वाब परिक्षण गर्दा ३९ जनामा कोरोना पुष्टि भएको हो।










