हेटौंडामा ४५ जनाले गरे रक्तदान

हेटौडा न्युज
२६ कार्तिक २०७७, बुधबार १६:२०
;

मकवानपुर । नेपाल तरुण दल जिल्ला कार्य समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका कार्य समितिले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कोरोनाको जोखिमका यथावत रहेको र रक्तसंचार केन्द्र मकवानपुरमा रगत अभाव भएकोले रक्तदान कार्यक्रमको आयोजना गरेको तरुण दल हेटौँडा नगर अध्यक्ष सुनिल गरीले जानकारी दिए ।

उनका अनुसार, हेटौंडाको बुद्धचोकमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।

तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार माइकल रामचन्द्र अर्याल, जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने, महिला विभाग केन्द्रीय सदस्य सर्मिला श्रेष्ठ सामुदायिक प्रहरी सेवा उप–केन्द्र हेटौंडा बसपार्कमा अध्यक्ष प्रदिप कंडेल लगायत तरुण तथा काँग्रेस नेताको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाले प्राविधिक सहयोग गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*