र्यापर छापेर बैंगलोरको अगरबत्ती हेटौंडामा बिक्री गर्ने उद्योग सिल

हेटौडा न्युज
२६ कार्तिक २०७७, बुधबार १६:५३
;

मकवानपुर । भारतको बैंगलोरका बिभिन्न ब्राण्डका र्यापर प्रयोग गर्दै अगरबत्ती अबैधरुपमा उत्पादन गर्ने हेटौंडाको एक उद्योग सिल गरिएको छ । हेटौंडा–१ स्थित अजयकुमार ठाकुरले गोप्य रुपमा सञ्चालन गरेको सो उद्योगको गोदामबाट ठूलो परिमाणमा अगरबत्ती बनाउने केमिकल, मेशिन, भारतको बैंगलोरका विभिन्न उद्योगहरुको दर्जनौ ट्रेडमार्कका अगरबत्तीका र्यापिङहरु समेत फेला पारेको छ । अनुगमन टोलीले लाखौं रकमको तयारी अगरबत्तीको गोदाम समेत फेला पारेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुणस्तर कार्यालय, उपभोक्ता अधिकारकर्मीहरुको संयुक्त अनुगमन टोलीले अबैधरुपमा सञ्चालित सो उद्योगलाई सिल गरेको हो । सञ्चालक ठाकुरले बाहिर अन्य व्यवसाय देखाएर भित्रपट्टि गोप्यरुपमा उद्योग सञ्चालन गरेका थिए ।

अनुगमन टोलीले प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६ को दफा ६० बमोजिम २ लाख ५० हजार जरिवाना समेत गरिएको जिल्ला प्रशासन कार्यालयका सहदेव आचार्यले बताएका छन् ।

सो उद्योगले अबैधरुपमा हेटौंडामै उत्पादन गरेको अगरबत्तीलाई भारतीय उत्पादन भन्दै महङ्गो मूल्यमा हेटौंडासहित देशका विभिन्न शहरमा बिक्री गर्दै उपभोक्ताहरु ठग्दै आएको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*