हेटौंडामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर । हेटौंडामा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१५ रोतोमाटेमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बा ४२ प ८४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक बारा परवानीपुर बस्ने २६ बर्षीय प्रतिक क्षेत्री रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।