हेटौंडामा प्रहरी देखेर भागेको कारमा ८० केजी गाँजा

२७ कार्तिक २०७७, बिहीबार १४:०८

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज विहान करीब ३ बजे ८० केजी गाँजा सहित निजी कार बरामद गरेको छ । हेटौडा–१० मा रहेको प्रहरी चौकी भुटनदेवीबाट गस्तीमा रहेको प्रहरी टोलीलाई देखेर बा ६ च १४७६ नम्बरको कार भागेपछि शंका लागि खोजतलास गर्ने क्रममा भुटनदेवी मन्दिर जाने सडक किनारमा फेला पारेको थियो ।
कारमा सवार मानिस भने कार छोडेर भागेपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा कारको लक तोडी चेकजाँच गर्दा कारभित्र लागूऔषध गाँजा ८० किलो फेला परेको थियो ।
मकवानपुर प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार कारमा सवार व्यक्तिको खोजीकार्य भैरहेको जनाएका छन् ।
प्रहरीले बरामद गाँजा, कार र केही कागजात जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान गरिरहेको बताएको छ ।