मकवानपुरमा देउसी भैलो खेल्न नपाइने
मकवानपुर। तिहारमा देउसी भैलो नखेल्न जिल्लाबासीलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै यस वर्ष तिहारमा देउसी भैलो नखेलन प्रशासनले जिल्लावासीमा आग्रह गरेको हो ।
प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै तिहारमा देउसी भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
त्यस्तै, प्रशासनले तिहार र छठपर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशिल पदार्थको प्रयोग, भण्डारण, ओसारपसार र विक्रि वितरणमा रोक लगाएको छ ।
कोरोना संक्रमितको संख्या बढिरहेकोले तिहार तथा छठ लगायतका पर्व मनाउँदा आफ्नो घरमा स्वास्थ्य एवं सुरक्षाका मापदण्ड पालन गर्न अनुरोध समेत गरिएको छ ।











