दुर्घटनामा ज्यान गुमाएका कर्मचारीको परिवारलाई आर्थिक सहयोग

हेटौडा न्युज
२७ कार्तिक २०७७, बिहीबार १७:४६
;

मकवानपुर । मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कायान्वयन ईकाई (भवन) मकवानपुरमा कार्यरत कर्मचारीको परिवारलाई कार्यालयका कर्मचारीहरुका तर्फबाट आर्थिक सहयोग गरिएको छ । भुकम्प पुनर्निमाण सम्बन्धी तीनवटै कार्यालय ९भवन,शिक्षा र अनुदान० मा कार्यरत अन्य कर्मचारीहरुले संकलन गर्नुभएको ३ लाख १३ हजार बढी रकम एक कार्यक्रमकाबीच परिवारलाई हस्तान्तरण गरिएको हो ।

आज एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति मकवानपुरका प्रमुखसहित जिल्ला आयोजना कायान्वयन ईकाई (भवन) का कर्मचारीहरु स्वर्गीय अधिकारीको चितवन स्थित घरमै पुगेर परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

जिसस प्रमुख खुलालसहितको टोलीले अधिकारीको आमा सिता अधिकारीलाई सहयोग रकम हस्तानतरण गरेका हुन् ।

२०७३ साल जेठ १३ गते भवन कार्यालयमा नियुक्त भएर जिल्लाको बकैया गाउँपालिकामा कार्य गर्दै आएका अधिकारी कोरोना संक्रमण भई चितवन स्थित घर जाने क्रममा गत असोज ३ गते मनहरीमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गएको थियो ।

सव ईन्जिनियर अधिकारीको परिवारलाई आज कार्यालयका कर्मचारीहरुको एकदिन बराबरको तलब रकम संकलन गरेर सहयोग गरिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*