प्रहरीद्वारा लागूऔषधसहित एकजना पक्राउ

हेटौडा न्युज
३० कार्तिक २०७७, आईतवार १६:०९
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानप्र लागूऔषधसहित एकजनालाई पक्राऊ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलीले हेटौंडा – १५ स्थित पूर्वपश्चिम राजमार्गमा नियमित सवारी चेकजाँचको क्रममा सर्लाही हरीपुर नगरपालिका वडा नं. ९ का ३४ बर्षीय फुल महमदलाई पक्राउ गरेको जनाएको छ ।

लु १ ख ७१०२ नं. को यात्रुवाहक बसमा यात्रारत पक्राऊ परेका महम्मदले ल्याएको झोलामा लागूऔषध नाईट्रोभेट ९ सय थान फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवक्ता डिएसपी क्ष्न्द्रबहाद्र रानाका अनुसार उनलाई लागूऔषध कारोबार अन्तर्गतको कार्वाही प्रकृया अघि बढाईएको जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*