काठमाडौंको कपनमा एक घरमा आगलागी एकको मृत्यु

हेटौडा न्युज
२ मंसिर २०७७, मंगलवार १०:४६
;

काठमाडौँ । काठमाडौंको कपनमा एक घरमा आगलागी भएको छ । गएराति कपनको बालुवाखानी चोकको एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मध्यराति (साढे १२ बजे) नारायण बहादुर बस्नेतको घरमा आगलागी भएको हो । घटनामा नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भएका कृष्ण बहादुर तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, तामाङकी ३५ वर्षीया बहिनी बिपना तामाङ र उनको छोरा ११ महिनाको दावा तामाङ जलेर घाइते भएका छन् । घाइते उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

आगलागी दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीमा के कति क्षति भयो यकिन विवरण खुलेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*