ट्याङकरको ठक्कर दिँदा एक जनाको मृत्यु
महोत्तरी । महोत्तरीमा तेल ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यृ भएको छ । महोत्तरीको बर्दिबाँस नगरपालिका–१ स्थित सिन्धुली चोकमा तेल ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार सिन्धुलीबाट सर्लाही तर्फ जाँदै गरेको ग ९ प ५३२१ नम्बरको मोटरसाईकललाई बुधबार बिहान विराटनगरबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ ख ३९२१ नम्बरको तेल ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाईकलको पछाडी सवार सिन्धुलीको दुधौली नगरपालिका–१० तीन पाटनका २६ वर्षीय आशालाल परियार घाइते भएका थिए । उनको उपचारको क्रममा बर्दिबास स्थित अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाइ पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल लैजाने तयारी भईरहेको छ ।
मोटरसाईकल चालक शकुसल रहेको तथा ठक्कर दिने तेल ट्याङ्कर र चालक प्रहरी नियन्त्रणमा रहेको बर्दिबास प्रहरीले जनाएको छ ।










