चन्द्रागिरिमा बालिका बलात्कार गर्ने लोहार पक्राउ
काठमाडौं । प्रहरीले बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिमा बालिका बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहार रहेको प्रहरीले जनाएको छ । पक्राउ गरेको हो ।
प्रहरीले लोहारलाई चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा हिजो मङ्गलबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लोहारले बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरामा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको छ ।
मङ्सिर १ गते सोमबार भाइटीकाको दिनमा घटना घटे पनि लोहार फरार रहेका थिए । पक्राउ लोहारलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










