बगरमा घाइते भेटिएकी मकवानपुरकी बालिकाको मृत्यु

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा घाइते अवस्थामा भेटिएकी ४ वर्षया बालिकाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती गाउँपालिका–७ लामाटारको मनसायी खोला किनारमा स्थानीय ४ वर्षिया रुविना पाख्रिन घाइते अवस्थामा भेटिएको र उपचारका क्रममा हेटौंडा अस्पतालले मृत घोषण गरेको हो ।
मंसिर ३ गते साँझ ६ बजे देखि हराएकी उनी स्थानिय र प्रहरीको सहयोगमा घरबाट करिब २ सय मिटरको दुरीमा रहेको उक्त खोला किनारमा बेलुकी ८ बजे घाइते अवस्थामा भटिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपि इन्द्र बहादुर रानाका अनुसार बालिकाको कुटपिटका कारण मृत्यु भएको हुनसक्ने अनुमान रहेको बताएका छन् । शरिरको विभिन्न अङहरुमा चोट देखिनुको साथै रगतहरु लतपतिएको देखिएको छ । टाउकोमा ढुङ्गा प्रहार गरी घाइते बनाएको अवस्थामा बालिकाकलाई भेटिएको उनले बताए ।
अनुसन्धानका क्रममा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनामा २ मध्ये १ जनाको संलग्नता देखिएको प्रवक्ता रानाले बताए ।
घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।