छठ पर्वको अवसरमा २ दिन सार्वजनिक बिदा

हेटौडा न्युज
५ मंसिर २०७७, शुक्रबार ०९:२९
;

छठ पर्वको अवसरमा प्रदेश २ सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले एक सुचना जारी गर्दै प्रदेश भर छठ पर्वको अवसरमा मंसिर ५ र ६ गते (आज र भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबहादुर राउतले छठ पर्वको अवसरमा शुभकामना दिँदै प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन्।

प्रदेश २ सरकारले कारोना महामारीमा स्वास्थ्य सतर्कता अपनाएर हर्सोल्लासपूर्वक छठ पर्व मनाउन पनि आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*