बागमतीमा ६ सयबढी कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
५ मंसिर २०७७, शुक्रबार १५:२३
;

मकवानपुर । महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट बागमती प्रदेशमा ६ सयबढीको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेश हालसम्म ६ सय ३१ जनाको मृत्यु भइसकेको छ ।

प्रदेशमा एक लाख १७ हजार १ सय ९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा. पुरुषोत्तम सेढाईंले जानकारी दिएका छन् ।

कूल सङ्क्रमितमध्ये ९८ हजार ५ सय ५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उनको भनाइ छ ।

प्रवक्ता डा.सेढाईंका अनुसार मुलुकका कूल कोरोना सङ्क्रमितमध्ये बागमती प्रदेशमा ५० प्रतिशत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*