चितुवाको छालासहित चार जना पक्राउ

हेटौडा न्युज
५ मंसिर २०७७, शुक्रबार १५:४२
;

बुटवल । चितुवाको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल ७ का ३० वर्षीय विष्णु प्रसाद भट्टराई, गुल्मीको दरबार गाउँपालिका वडा नं, ४ को २२ वर्षीय बिमल मगर, २४ वर्षीय संजिव पेमी र १८ वर्षीय विशाल रानामगर रहेका छन् ।

बुटवलको विशाल होटलबाट जिल्ला प्रहरी, भैरहवा र इलाका प्रहरी बुटवलको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

बरामद भएको छाला ६ फिट लम्बाई र एक फिट ३ ईन्च चौडाईको छ । पक्राउ गरिएका ४ जना र छालालाई थप अनस्सन्धानका लागि अहिले जिल्ला वन कार्यालयमा हिरासतमा राखिएको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रतित सिंह राठौरले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*