हेटौंडाबाट लागुऔषधसहित एक जना पक्राउ

हेटौडा न्युज
७ मंसिर २०७७, आईतवार १६:४०
;

मकवानपुर । प्रहरीले लागुऔषधसहित एक जनालाई हेटौंडाबाट पक्राउ गरेको छ । प्रहरीचौकी भुटनदेवीबाट खटिएको प्रहरी चेकिङ टोलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

बीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना. ५ ख ५८६८ नम्बर बस चेक गर्ने क्रममा बसको सिटमा झोला काखमा लिएर यात्रा गरिरहेका यात्रु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पर्सा पेटर्वासुगौली गापा वडा–३, सुनवर्सा बैरिया बस्ने वर्ष २४ का अनिल मुखिया रहेका छन् । चेकजााचका क्रममा शंका लागेर झोला खोल्न आग्रह गरेर चेक गर्दा झोलामा लुकाइल्याएको अबस्थामा लागुऔषध नाइट्रोभेट १ हजार २ सय ट्याब्लेट र लागुऔषध अनरेक्स १ सय एमएलका ४ बोतल फेला परेको थियो ।

उनलाई लागुऔषधसहित पक्राउ गरी आबश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*