बागमती प्रदेश लोकसेवा आयोगले माग्यो ४ सय ६९ जना कर्मचारी

हेटौडा न्युज
८ मंसिर २०७७, सोमबार ०९:०५
;

मकवानपुर। बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले पहिलो पटक कर्मचारी माग गरेको छ । प्रदेश स्तरमा स्थापना भएको लोकसेवा आयोगले प्रदेश मातहतका कार्यालयका लागि ४ सय ६९ जना कर्मचारी माग गरिएको हो ।

प्रदेशका स्थानीय तह र बागमती प्रदेशका दुइ मन्त्रालयमा गरी सहायक स्तर चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरिएको बागमती प्रदेश लोकसेवा आयोगको कार्यालयले जनाएको छ ।

प्रदेशका २ मन्त्रालयमा २२ जना कर्मचारी माग गरिएको छ भने प्रदेशभरीका ४४ वटा स्थानीय तहसमेत गरेर ४ सय ६९ जनाको दरवन्दी माग गरिएको हो ।

प्रदेश निजामती सेवा बार्षिक पदपूर्ति कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।

बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका सहायकस्तर चौथो तहका विभिन्न पदका ४ सय ६९ दरबन्दीमा खुला र बढुवाबाट पदपूर्ति गर्ने गरी विज्ञापन आज गरिएको हो । सूचना आजको गोरखापत्रमा निकालिएको छ ।

स्थानिय तहले पठाएको कर्मचारी माग विवरण अनुसार कर्मचारी भर्नाका लागि विज्ञापन गरिएका बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले वताए । प्रदेशका एक सय १९ वटा स्थानीय तह मध्यमा २२ वटा स्थानीय तहले मात्र प्रदेश लोकसेवा आयोगलाई कर्मचारी मागको विबरण पठाएको उनले बताए ।

यता प्रदेश सरकारका ७ वटा मन्त्रालय मध्यमा दुइवटा मन्त्रालयले मात्र कर्मचारी माग गरेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले २० जना र भौतिक पूर्वाधार विकास मन्त्रालयलय २ जना कर्मचारी माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*