मनहरीबाट ४६ किलो गाँजा सहित कैलाशका चेपाङ पक्राउ

मकवानपुर । प्रहरीले ४६ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरको गस्ती टोलीले सो परिमाणको गाँजासहित मकवानपुरको कैलाश गाउँपालिकाका एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलाश गाउँपालिका–७ का तीर्थराज चेपाङ रहेको इलाका प्रहरी कार्यालय मनहरी जनाएको छ ।
आइतबार राति गाँजा ओसारपसार हुदैछ भने सुचनाका आधारमा मनहरी गाउँपालिका–८ बेलुवाबाट चेपाङलाइ पक्राउ गरिएको हो ।
पक्राउ गरिएका चेपाङ र प्रहरीबिच जुधाजुध भएको थियो । सो क्रममा ५ पोका गाँजा र चेपाङलाइ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक बिनोद श्रेस्ठले जानकारी दिए ।
गाँजा ओसार पसारमा संलग्न अन्य ब्यक्तिहरु अटो चढेर भागेका थिए । उनीहरुको खोजी र अनुसन्धान भैरहेको छ ।