खुकुरी प्रहार गरी श्रीमतीको हत्या

हेटौडा न्युज
८ मंसिर २०७७, सोमबार १४:११
;

झापा । झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–१ का ४७ वर्षीय चूडामणि भण्डारीलाई रहेको प्रहरीले जनाएको छ ।

भण्डारी खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भण्डारीले उनकी पत्‍नी ३८ वर्षीया टीकादेवी पौडेल र सोही नगरपालिका–२ का ३५ वर्षीय प्रकाशचन्द्र दाहाललाई खेतमा काम गरिरहेको अवस्थामा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

कमल गाउँपालिका–६ जीवन चोकस्थित खेतमा धान उठाउन गएको अवस्थामा भण्डारीले दुवै जनालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रकार गर्दा टीकाको घटनास्थलमै मृत्यु भएको हो भने, दाहाल घाइते भएका छन् । घाइते दाहालको एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*