कक्षा १२ को परीक्षा सुरु

हेटौडा न्युज
९ मंसिर २०७७, मंगलवार ०८:५३
;

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आजबाट सुरु गरेको छ । बोरोना संक्रमणका कारण गत बैशाखमा रोकिएको परिक्ष आजबाट देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको छ ।

देशभरका परीक्षा केन्द्र मध्ये ६ सय १७ केन्द्रमा प्रश्नपत्र छपाई गरी पुर्‍याइएको छ भने अन्य केन्द्रमा इमेलमार्फत प्रश्नपत्र पठाइएको छ ।

कक्षा १२ को परीक्षामा सहभागि हुने सबै विद्यालयमा होमसेन्टर कायम भएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थी सहभागी छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ८ वैशाखबाट सञ्चालन हुने गरी परीक्षा तय भएको थियो । तर कोभिड–१९ का कारण परीक्षा स्थगित भएको थियो ।

कोभिड संक्रमणको जोखिम हुने भएकाले भौतीक दुरी कायम गरी स्वास्थ्यसम्बन्धी मापदण्ड पुरा गरेर परीक्षा सञ्चालन भइरहेको बोर्डले जनाएको छ ।

बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिँदैछ । बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा–११ को नतिजालाई आधार बनाइनेछ भने २० प्रतिशत आन्तरिक मूल्यांकन हुने भएको छ ।

परीक्षा बिहान ८ देखि साढे ९ बजेसम्म डेढ घण्टा सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*