बोरामा भेटियो ६ वर्षीया बालिकाको शव

हेटौडा न्युज
९ मंसिर २०७७, मंगलवार ०९:०७
;

महोत्तरी । महोत्तरीमा एक बालिकाको शव बोरामा भेटिएको छ । महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीबाट हराएकी ६ वर्षीया बालिकाको शव बोरामा हालेर झाडीमा फेला परेको हो ।

आइतबार साँझदेखि बस्तीबाटै हराएकी स्थानिय शहिद आलमकी छोरी गुलाब साह खातुनको शव हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जानाएको छ ।

बर्दिबास—१४ स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा बालिकाको शव सोमबार मध्य रातमा फेला परेको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा प्रहरीले गौशाला—५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ति युवकले आरोप स्वीकारसमेत गरेका छन्।

प्रहरीले आरोपी साहलाई गौशालाबाट सोमबार साँझ नियन्त्रणमा लिएको हो।

घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ बालिकाको बलात्कारपछि हत्या गरेर आरोपी साहले बर्दिबासस्थित किराना पसल नजिकैको झाडीमा फालेर सोमबार दिनभरी पसल खोलेका थिए।

सोमबार साँझ मदिरा खाएर गौशालास्थित घर पुगेका आरोपीले आफ्ना घरपरिवारलाई बालिकाको हत्या गरेको बताएका थिए। त्यपछि उनका परिवारजनले इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएको प्रहरीको भनाई छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*