बलात्कारीलाई करवाहीको माग गर्दै स्थानीय आन्दोलित

महोत्तरी । महोत्तरीमा ६ वर्षीया बालिका बलात्कार गरेर हत्या गरेको आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन्। महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ट वर्षिया बालिकाको बलात्कार गरेर हत्या गरेको आरापीलाई कारवाहीको माग गर्दै स्थानियले पूर्व–पश्चिम राजगमार्गमा टायर बालेर बन्द गरेका छन्।
इलाका प्रहरी कार्यालयका अनुसार आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव राती बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो।
आक्रोशित स्थानीयले बलात्कारपछि हत्या गरिएको आशंका भएकोले निस्पक्ष छानविन गर्न माग गरेका छन्। स्थानीयले आरोपीको घरमा पनि तोडफोड गरेका छन्।
यो पनि पढ्नुहोस् ।