मकवानपुरको एक फर्निचर पसलमा आगलागी

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको एक फर्निचर पसलमा आगलागी भएको छ । थाहा नगरपालिका–३ सुन्दरबस्तीमा रहेको एक फर्निचर पसलमा आगलागी भएको छ।
रविन्द्र गोपालीले संचालन गरेको आरती फर्निचर पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।
आगो के कारणले लागेको भन्ने विषयमा नखुलेको रआगलागीबाट मानबीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको पालुङ प्रहरीले जनाएको छ ।